२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


जग्गा अतिक्रमण गरी एमाओवादी नेताले घर बनाए (भिडियो)


0
Shares

रत्नप्रसाद आचार्य

सुनसरी, चैत २३ । एकीकृत माओवादीका केन्द्रीय सदस्यसहितका कार्यकर्ताहरुले सुनसरीको धरान उपमहानगरपालिका बाँझगरा सामुदायिक वन क्षेत्रमा जग्गा अतिक्रमण गरी घर–टहरा बनाएका छन् ।

स्थानीयहरुले एमाओवादीका नेताको प्रत्यक्ष संलग्नतामा वन क्षेत्रको जग्गा अतिक्रमण गरिएको भन्दै जग्गा खाली गराउन स्थानीय प्रशासनसँग माग गरेका छन् ।

एमाओवादीका केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङवो र स्थानीय कार्यकर्ता शिशिर राईलगायतले बाँझगरा सामुदायीक वन क्षेत्रको जग्गा अतिक्रमण गरी पाँचओटा घर–टहरा निर्माण गरेको बाँझगरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजन मोक्तानले बताए ।

माओवादी शान्ति प्रक्रियामा आएसँग हिमाली डिस्ट्रिलरी प्रालिको भवनमा बसेका एमाओवादीका नेता–कार्यकर्ता त्यहाँबाट हट्न दबाब परेपछि सामुदायिक वनको जग्गा अतिक्रमण गर्न पुगेका हुन् ।