हेम्जामा सातौं आलु महोत्सव सुरु • Image Khabar Image Khabar


हेम्जामा सातौं आलु महोत्सव सुरु


Imagekhabar
२३ चैत्र २०७२, मंगलवार १२:३७

हेम्जामा सातौं आलु महोत्सव सुरु

पोखरा, चैत २३ । आलु गाँउकोरुपमा परिचित पोखराको हेम्जामा मंगलबारदेखि सातौं आलु महोत्सव सुरु भएको छ ।

महोत्सवको पश्चिमाञ्चल कृषि निर्देशनालका प्रमुख बेनीबहादुर बस्नेतले उद्घाटन गरे ।

‘सुन्दर ठाउँ हेम्जा जाऊँ आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने नाराकासाथ सुरु भएको महोत्सव चैत ३० गतेसम्म चल्नेछ ।

महोत्सव उद्घाटनअघि हेम्जाको मिलनचोकबाट विभिन्न झाँकीसहितको ¥याली निकालिएको थियो ।

महोत्सवमा आलुको मूल्य प्रतिकिलो ३२ रुपैयाँ कायम गरिएको छ ।

महोत्सवमा आलुका परिकार बनाउने व्यवस्था पनि मिलाइएको आयोजकले बताएको छ ।

महोत्सवमा १२ ओटा आलुका परिकार स्टल, ५० ओटा व्यवसायी स्टल, ३० ओटा कृषि प्रविधि प्रदर्शनी, एउटा प्राथमिक उपचार केन्द्र र सूचना केन्द्र गरी ९४ ओटा स्टल रहेका छन् ।

यो वर्ष हेम्जामा तीन सय ५० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्