 
	    बुटवल, चैत २३ । त्रिभुवन आर्मी क्लब बुटवलमा जारी सीपीएन युएमएल प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा फर्साटिकर फुटबल क्लबलाई २–१ ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
आर्मी जिताउनेक्रममा खेलको २९औं मिनेटमा राजीव गुरुङ र ३३औं मिनेटमा तुर्ब तामाङले गोल गरे ।
फर्साटिकरका लागि खेलको ७०औं मिनेटमा राम लिम्बुले एक सान्त्वना गोल फर्काए ।
खेलको ‘म्यान अफ द म्याच’ फर्साटिकर क्लबका दिनेश गुरुङ घोषित भए ।
मदन भण्डारी स्पोट्र्स एकेडेमी लुम्बिनीको आयोजनामा बुटवल, रामनगर खेल मैदानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार सुनौलो संगम युवा क्लब बुटवल र सशस्त्र प्रहरी काठमाडौं भिड्ने छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्