पूँजी बजारमा बृद्धि जारी • Image Khabar Image Khabar


पूँजी बजारमा बृद्धि जारी


Imagekhabar
२३ चैत्र २०७२, मंगलवार १३:४९

पूँजी बजारमा बृद्धि जारी

काठमाडौं, चैत २३ । मंगलबार पनि शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको बृद्धि जारी रह्यो ।

यसदिन नेप्से करिब १३ अंकले बढेर १३ सय ७५ बिन्दूमा पुग्यो । सोमबार पनि नेप्से करिब ११ अंकले बढेको थियो ।

मंगलबार बीमा र होटल समूहबाहेक अरु कारोबार भएका सबै समूहमा बृद्धि आएसँगै नेप्से उचालिएको हो । उत्पादनमूलक समूह सबैभन्दा उच्च ८३ अंकले बढ्यो ।

यस्तै, वाणिज्य बैंक १५ अंकले, अन्य र जलविद्युत् समूह १०-१० अंकले एवं वित्त र विकास बैंक समूह क्रमशः ७ र ६ अंक बढिले बढे ।

यसदिन कारोबार परिमाणमा पनि बृद्धि आयो । १ सय २४ कम्पनीको ९ लाख ८६ हजार कित्ता शेयर ५४ करोड ७१ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्