मृत्युदण्ड दिने क्रम ५० प्रतिशतले बढ्यो • Image Khabar Image Khabar


मृत्युदण्ड दिने क्रम ५० प्रतिशतले बढ्यो


Imagekhabar
२४ चैत्र २०७२, बुधबार ०४:१०

मृत्युदण्ड दिने क्रम ५० प्रतिशतले बढ्यो

काठमाडौं, चैत २४ । विश्वभर पछिल्लो वर्ष मृत्युदण्ड दिने क्रम बढेको मानव अधिकारवादी संस्था एमनेस्टी इनटरनेशनलले जनाएको छ ।

गत वर्षमात्रै विश्वभरका २५ देशमा मात्र एक हजार ६ सय ३४ जनालाई मृत्युदण्ड दिइएको र यो २७ वर्ष यताकै सबैभन्दा उच्च भएको एमनेस्टीले जनाएको हो ।

सन् २०१४ मा भन्दा २०१५ मा मृत्युदण्डको संख्या ५० प्रतिशतले बढेको एमनेस्टीको प्रतिवेदनमा उल्लेख छ । मृत्युदण्ड दिने देशमा इरान, पाकिस्तान र साउदी अरेबिया सबैभन्दा अघि छन् ।

विश्वमा हुने मृत्युदण्डको ८९ प्रतिशत ती दुई देशमा छ । गएको वर्ष इरानमा मात्रै ९ सय ७७ जनालाई मृत्युदण्ड दिइएको एमनेस्टीले जनाएको छ । साउदी अरेबियामा सन् २०१४ मा भन्दा २०१५ मा मृत्युदण्डको संख्या ७६ प्रतिशतले बढेको छ ।
एमनेस्टीले सार्वजनिक गरेको प्रतिवेदनमा चीनमा दिइएको मृत्युदण्ड भने समावेश छैन ।

चीनमा गोप्य रुपमा हजारौं मानिसलाई मृत्युदण्ड दिइने गरेको एमनेस्टीको भनाई छ । मृत्युदण्ड दिने देशमा चीन सबैभन्दा अघि रहेपनि गोप्प राखिने भएकाले तथ्यांक नआएको एम्नेष्टीको भनाइ छ । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्