काठमाडौं, असार २९ । बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा सिन्डिकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १२५ प्रतिशतसम्म मूल्य बढाएका छन् ।
मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी साविकको २ सय रुपैयाँ मूल्यमा पाइने अक्सिजन ग्यास सिलिन्डरको मूल्य बढाएर ४५० रुपैयाँ बनाएका हुन् ।
हरेक जिल्लामा कालोबजारी नियन्त्रण गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारी तथा त्यसअन्तर्गत रहेको संयन्त्रको हो । तर, गृह मन्त्रालय अन्तर्गतको यो संयन्त्र कमजोर र निस्प्रभावी हुँदा व्यापारीले अक्सिजन ग्यासजस्तो समवेदनशील बस्तुमा दोब्बरभन्दा बढीले मूल्य बढाएका हुन् । –कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस्