वैशाखबाट सशक्त आन्दोलन : महतो • Image Khabar Image Khabar


वैशाखबाट सशक्त आन्दोलन : महतो


Imagekhabar
२४ चैत्र २०७२, बुधबार ०८:५३

वैशाखबाट सशक्त आन्दोलन : महतो

वीरगन्ज, चैत २४ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी वैशाखबाट सशक्त आन्दोलन गर्ने बताएका छन् ।

उनले आन्दोलनको स्वरुपबारे मधेसी मोर्चामा छलफल जारी रहेकोसमेत बताए ।

बुधबार वीरगन्जमा गरिएको पत्रकार सम्मेलनमा उनले सरकारलाई सहमतिका लागि बाध्य बनाउने गरी आन्दोलन गरिने दाबी गरे ।

सहज अवस्थामा पनि सरकारले सहमतिको प्रयास नगरेको आरोप लगाउँदै उनले मधेसी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलनबाट पछि नहट्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्