बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा • Image Khabar Image Khabar


बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा


Imagekhabar
२४ चैत्र २०७२, बुधबार ११:५०

बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा

भक्तपुर, चैत २४ । भक्तपुरमा हुने ऐतिहासिक र साँस्कृतिक महत्वको बिस्केट जात्राको तयारी पूरा भएको छ  ।

बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको अन्तरक्रियामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा भएको र जात्रा सन्चालनमा देखिएको आर्थिक समस्या समाधानको प्रयास भइरहेको बताए ।

जात्राको समयमा हुनसक्ने अराजक गतिविधिलाई नियन्त्रण गर्न भक्तपुर प्रहरीले विभिन्न ३५ स्थानमा सीसी क्यामेरा जडान गरेको पनि उनले जानकारी दिए ।

फाइल फोटो

प्रतिक्रिया दिनुहोस्