मधुमेह रोगका हरेक वर्ष विश्वमा ३७ लाख व्यक्तिको मृत्य ! • Image Khabar Image Khabar


मधुमेह रोगका हरेक वर्ष विश्वमा ३७ लाख व्यक्तिको मृत्य !


Imagekhabar
२५ चैत्र २०७२, बिहीबार ०१:०८

मधुमेह रोगका हरेक वर्ष विश्वमा ३७ लाख व्यक्तिको मृत्य !

काठमाडौं, चैत २५ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वमा मधुमेह रोगका बिरामी बढ्दै गएको जनाएको छ । झण्डै ११ जनामध्ये एकजना वयस्कलाई मधुमेह हुने गरेको संगठनले जनाएको छ ।

डब्लूएचओको प्रतिवेदनअनुसार विश्वभर मधुमेहका विरामी बढेर सन् २०१४ मा आइपुग्दा ४२ करोड २० लाख पुगेको छ । यस अघि सन् १९८० मा झण्डै ११ करोड मानिसलाई मधुमेह रोग लागेको थियो ।

हरेक वर्ष विश्वमा ३७ लाख व्यक्तिको मृत्युको कारण रगतमा चिनीको मात्रा उच्च हुनु मानिएको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ । अधिकारीहरुले मधुमेह रोगविरुद्ध तत्काल कडा कदम नउठाए समस्या अझै बढ्दै जाने औँल्याएका छन् ।

मधुमेह रोगको समस्या बढ्दै जानुमा अव्यवस्थित जीवनशैलीलाई मूख्य मानिएको छ । विश्वमा तीन मध्ये एकजनाको तौल औसतभन्दा धेरै भएको र यसले रोगीको संख्या पनि बढेको संगठनको भनाई छ ।

रगतमा चिनीको मात्रा नियन्त्रण गर्न नसके स्वास्थ्यमा ठूलो असर पर्ने र यसले हृदयघातको सम्भावना तीन गुणा बढाउने तथा खुट्टा काट्नुपर्ने खतरा २० गुणाले बढ्ने प्रतिवेदनमा उल्लेख छ ।

साथै पक्षघात, मिर्गौला रोग, अन्धोपना र गर्भवती भएको समयमा पनि स्वास्थ्य समस्या बढ्ने सम्भावना धेरै हुन्छ । मधुमेहका कारण हरेक वर्ष १५ लाख जनाको मृत्यु हुने गरेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पहिले पहिले सुविधा सम्पन्न देशमा देखिने यो रोग अहिले अल्पविकसित र विकासोन्मुख देशमा बढ्दै गएको छ । सन्तुलित खानपान र नियमित व्यायाम गरी रक्तचापलाई सन्तुलनमा राखे मधुमेह रोग लाग्न नपाउने डाक्टरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्