१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


टाटासुमो दुर्घटनामा बालकको मृत्यु, १० जना घाइते


0
Shares

हेटौंडा, चैत २५ । त्रिभुवन राजपथअन्तर्गत् हेटौंडा–भैंसे सडकखन्डको टौबासमा बुधबार दिउँसो ना१ज २००९ नम्बरको टाटासुमो दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

दुर्घटनामा अरु १० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा हेटौंडा–१४ पदमपोखरीका ४ वर्षीय बासु कोइराला छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालक भने फरार भएका छन् ।