बंगलादेशमा ब्लगरको चक्कु र गोली हानी हत्या • Image Khabar Image Khabar


बंगलादेशमा ब्लगरको चक्कु र गोली हानी हत्या


Imagekhabar
२५ चैत्र २०७२, बिहीबार १२:२५

बंगलादेशमा ब्लगरको चक्कु र गोली हानी हत्या

काठमाडौं, चैत २५ । बंगलादेशमा धर्मनिरपेक्ष विचारलाई फेसबुकमार्फत् सार्वजनिक गर्ने कानुनका एक छात्र निजामुद्विन समादको हत्या भएको छ ।

गत बुधबार राति राजधानी ढाकास्थित एक ट्राफिकचोकमा समादलाई पहिला चक्कु र त्यसपछि गोली हानी हत्या गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

२८ वर्षीय समाद धर्मनिरपेक्ष विचारको प्रचार गर्ने समूहका संयोजक थिए ।

बंगलादेशमा धार्मिक कट्टरवादीले विभिन्न महत्वपूर्ण धर्मनिरपेक्ष ब्लगरलाई आक्रमणको तारो बनाएका छन् । चारजना प्रमुख धर्मनिरपेक्ष ब्लगरको हत्या भैसकेको छ ।

बंगलादेश आधिकारिकरुपमा धर्मनिरपेक्ष भएपनि यस्ता आक्रमण रोक्न भने असफल भएको देखिन्छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्