काठमाडौं, जेठ ५ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्कुले विद्यार्थीहरुलाई प्रयोग गरेर आइतबार त्रिवि सेवा आयोगअगाडि प्रदर्शन गरेको छ ।
सेवा आयोगको परीक्षामा आयोगका अध्यक्ष चैतन्य शर्मादेखि वरिष्ठ कर्मचारीका आफन्तलाई उत्तीर्ण गराइएको विरोध गर्न स्कुले विद्यार्थी प्रयोग गरिएको हो ।
कीर्तिपुरको मंगल सेकेन्डरी स्कुलका कक्षा–९ मा पढ्ने विद्यार्थीहरुलाई प्रदर्शनमा लगिएको थियो ।
तर, प्रदर्शनमा आएका बालबालिकालाई किन र के कारणले आएको भन्नेसमेत थाहा थिएन ।
प्रदर्शनमा अखिल क्रान्तिकारीकै कार्यकर्ताहरु भने न्यून संख्यामा उपस्थित थिए ।
विद्यार्थीहरुको कक्षा नभएको समय पारेर केही समयका लागि प्रदर्शनमा प्रयोग गरेको अखिल क्रान्तिकारीका कार्यकर्ताको तर्क थियो ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्