१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


‘निकै कस्ट सहेर एसएलसी परीक्षा सकायौं’


0
Shares

रविन भट्टराई
ताप्लेजुङ, चैत २६ । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) छिटफुट घटनाबाहेक देशैभर सौहार्दपूर्ण वातावरणमा सकिएको छ ।

तर, ताप्लेजुङका अधिकांश परीक्षा केन्द्रका विद्यार्थीले भने बस्न र लेख्नका लागि सहज डेक्स, बेन्चसमेत पाएनन् । आफूहरुले निकै कस्ट सहेर परीक्षा सम्पन्न गरेको गुनासो उनीहरुले गरेका छन् ।

परीक्षा केन्द्रका कक्षाकोठा साँघुरा, अँध्यारो हुनुकासाथै कक्षा एक–दुईका विद्यार्थीका लागि बनाइएका साना डेक्स–बेन्च परीक्षा केन्द्रमा प्रयोग गर्दा परीक्षा दिन शारीरिकरुपमा असहज भएको उनीहरुले बताए ।

धेरैजसो परीक्षा केन्द्रका डेक्स–बेन्च छोटा र साना हुँदा घुँडा भुँइमा टेकेर लेख्नुपरेको उनीहरुले बताए ।

सदरमुकामकै भानुजन उच्च माविका दुईओटा केन्द्र, हाङ्देवाको जनता उच्च माविको एउटा केन्द्रमा पनि अनुगमनकाक्रममा यस्तै समस्या पाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।

एसएलसी सुरु हुनासाथ केही विद्यालयमा अनुगमन गर्दा डेक्स–बेन्च परिवर्तन गर्न लगाइएपनि पनि सबै स्थानमा पर्याप्त डेक्स–बेन्च नहुँदा त्यस्तो सम्भव नभएको पाण्डेले बताए ।