१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


नेपालले तीन वर्षभित्र विद्युत् निर्यात् गर्छ : प्रधानमन्त्री (भिडियोसहित)


0
Shares

काठमाडौं, चैत २६ । प्रधानमन्त्री केपी ओलीले तीन वर्षभित्र नेपालले विद्युत् निर्यात गर्ने दाबी गरेका छन् ।

अखिल नेपाल किसान महासंघको शुक्रबार राजधानीमा आयोजित सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले ‘एक वर्षभित्र लोडसेडिङको प्रारम्भिक अन्त्य, दुई वर्षभित्र बिजुली आपूर्ति र तीन वर्षपछि निर्यात् गर्न सकिने’ बताए ।

आफूले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पारेको दाबी गर्दै उनले ‘विश्वमाझ देशलाई स्वतन्त्र र सार्वभौम मुलुककोरुपमा चिनाउन सफल भएको’ बताए ।

भारतसँगको सम्बन्धलाई सुधारेको र चीनसँग कुरा गर्दा लुकेर गर्नुपर्ने अवस्थाको अन्त्य गरेको भन्दै प्रधानमन्त्री ओलीले ‘देशको इज्जत खस्किने काम गरको छैन’–भने ।

‘सरकार ढल्छ भनेर हौवा पिटाउने र इन्धनको आपूर्ति सहज हुन नदिने खेल भइरहेको’ भन्दै उनले आफूलाई सरकार ढल्ला भन्ने चिन्ता नरहेको बताए ।

भिडियो हेर्नुहोस्ः