केजरीवालमाथि पत्रकार सम्मेलनमा जुत्ता प्रहार • Image Khabar Image Khabar


केजरीवालमाथि पत्रकार सम्मेलनमा जुत्ता प्रहार


Imagekhabar
२७ चैत्र २०७२, शनिबार ११:१९

केजरीवालमाथि पत्रकार सम्मेलनमा जुत्ता प्रहार

काठमाडौं, चैत २७ । भारतमा आम आदमी पार्टीका नेता एवं दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाललाई शनिबार एक व्यक्तिले पत्रकार सम्मेलनको दौरान जुत्ता प्रहार गरेका छन् ।

१५ अप्रिलबाट दिल्लीमा फेरि सुरु हुने ‘अड–इभन’ योजनाका विषयमा केजरीवालले जानकारी दिइरहेका बेला उनीमाथि जुत्ता प्रहार भएको बताइएको छ ।

जुत्ता हान्ने व्यक्तिको सम्बन्ध आम आदमी सेना नामक संस्थासँग भएको जनाइएको छ ।

प्रहरी र आम आदमी पाटीका कार्यकर्ताले उक्त व्यक्तिलाई पक्रेका छन् । जुत्ता प्रहार गर्नुका कारण भने खुल्न सकेको छैन । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्