अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतसम्म हल्लायो • Image Khabar Image Khabar


अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतसम्म हल्लायो


Imagekhabar
२८ चैत्र २०७२, आईतवार ११:१८

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतसम्म हल्लायो

अपडेटः
काठमाडौं, चैत २८ । अफगानिस्तान र ताजिकिस्तानको सीमानामा केन्द्रबिन्दू भएर नेपाली समयअनुसार आइतबार अपराह्न सवा ४ बजे ६.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

हिन्दूकुश पर्वत शृंखलालाई केन्द्रबिन्दू बनाइ दुई सय किलोमिटर गहिराइमा भूकम्प गएको जनाइएको छ ।

अमेरिकी जिओलोजिकल सर्भे (युएसजीएस)ले भने ६.६ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का पाकिस्तानकासाथै भारतमासमेत महसुस गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको राजधानी नयाँदिल्लीसहित उत्तर भारतमा भूकम्पको धक्काको बढी असर परेको बताइएको छ ।

भारतको कास्मिरमा दुई मिनेटसम्म भूकम्पको धक्का महसुस भएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

भूकम्पमा परी पाकिस्तानमा कम्तीमा दुईजनाको मृत्यु भएको खबर छ ।

त्यस्तै, पाकिस्तान र भारतमा गरी थुप्रै घाइते भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्