Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


समितिको निर्देशन कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण


0
Shares

काठमाडौं, जेठ ५ । संघीय संसद अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले आफुले दिएका निर्देशनहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आज सिंहदरवारमा बसेको बैठकमा समितिकी सभापति जयकुमारी घर्तीले निर्देशन पालना गर्नेतर्फ सरकार गम्भिर नभएकोले समितिको प्रभावकारिता नै घट्दै गइरहेको बताइन् । समितिको निर्देशनका कारण कुनै समस्या भए छलफल गर्न आग्रह गर्दै उनले अन्यथा निर्णय शत प्रतिशत कार्यान्वयन हुनु पर्ने बताइन् ।

बैठकमा बोल्दै सदस्यहरु मानवहादुर विश्वकर्मा, योगेश भट्टराई, उमेश श्रेष्ठ, उमाकान्त चौधरीलगायतले समितिको निर्देशन नमान्ने मन्त्रालयलाई स्पष्टिकरण सोध्नु पर्ने बताए ।

निर्णयलाई लिएर समितिले हस्तक्षेपकारी भूमिका खेल्यो भन्ने सोच नराख्न सदस्यहरुको आग्रह थियो ।

समितिको आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि भएको छलफलमा सदस्यहरुले शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धि हुने किसिमको विधेयक ल्याउन आग्रह गरेका थिए ।

उनीहरुले कतिपय क्षेत्रमा अझै औषधी र चिकित्सक नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।