१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस


0
Shares

काठमाडौं, चैत २८ । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा नियुक्तिका लागि वरिष्ठ न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गरेको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको हो ।

परिषदले सिफारिस गरेसँगै अब कार्की प्रधानन्यायाधीशमा नियुक्त हुन बाटो खुलेको छ भने उनी नेपालको पहिलो प्रधानन्यायाधीश बन्नेछन् । न्यायाधीश कार्की सर्वोच्चका वरिष्ठतम् न्यायाधीश हुन् ।

वकिल पृष्ठभूमिबाट सर्वोच्चको अस्थायी न्यायाधीशमा नियुक्त भएर काम सुरु गरेकी न्यायाधीश कार्की न्याय सम्पादनकाक्रममा निर्भक, निडर र निस्पक्ष न्याय दिने व्यक्तिकारुपमा पनि चिनिन्छन् ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठले चैत ३० गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदै छन् ।