आइएसद्वारा २१ इशाई धर्मावलम्बीको हत्या • Image Khabar Image Khabar


आइएसद्वारा २१ इशाई धर्मावलम्बीको हत्या


Imagekhabar
२९ चैत्र २०७२, सोमबार ००:५०

आइएसद्वारा २१ इशाई धर्मावलम्बीको हत्या

सिरिया, चैत २९ । विद्रोही संगठन इस्लामिक स्टेट (आइएस)ले सिरियामा इसाई धर्म मान्ने २१ जनाको हत्या गरेको छ ।

सिरियाको अल कार्याटन बजारमा आइएसका लडाकुले २१ जनाको हत्या गरेको र ती सबै इसाई धर्मावलम्बी भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

यो हप्ताको शुरुमा रुसी सैनिकको सहयोगमा सिरियाली सैनिकले त्यहाँबाट आइएसका लडाकुलाई हटाएको थियो ।

गएको वर्षको अगष्टमा आइएसले सिरियामा परम्परागत मुख्य चर्च रहेको अल कार्याटन आफ्नो नियन्त्रणमा लिएको थियो । अहिले त्यहाँ तीन सय जना इसाई धर्मावलम्बी रहेको र आइएसले यो अवधिमा २१ जनाको हत्या गरेको उल्लेख छ । मारिनेमा तीनजना महिला छन् ।

पाँच जना अझै बेपत्ता रहेको र उनीहरुको पनि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्