
विराटनगर, चैत २९ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्दोलनका नाममा कोही लोकतान्त्रिक विधि र प्रक्रियाभन्दा बाहिर गए सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
विराटनगरमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भए पनि आन्दोलनका नाममा अराजक गतिविधि गर्न भने कसैलाई छुट नभएको प्रष्ट पारे ।
संविधान संशोधनसँगै मधेसी मोर्चाका माग सम्बोधन भईसकेकाले अब आन्दोलनको औचित्य नभएको उनकोे भनाई थियो ।
मन्त्री बस्नेतले राजनीतिक समस्या राजनीतिक तवरबाट समाधान गर्नुपर्नेमा जोड दिए । शान्ति सुरक्षा कायम गर्नु सरकारको पहिलो जिम्मेवारी भएकाले आफ्नो जिम्मेवारीबाट सरकार अलग रहन नसक्ने उनको भनाइ थियो ।
एक अर्को प्रसंगमा उनले केही दिनभित्रै जनताले इन्धनका लागि लाइनमा बस्नु नपर्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्