राष्ट्रसंघको सहयोगमा यमनमा युद्धविराम • Image Khabar Image Khabar


राष्ट्रसंघको सहयोगमा यमनमा युद्धविराम


Imagekhabar
२९ चैत्र २०७२, सोमबार ०७:०२

राष्ट्रसंघको सहयोगमा यमनमा युद्धविराम

यमन, चैत २९ । संयुक्त राष्ट्रसंघको सहयोगमा यमनमा आजबाट युद्धविराम भएको छ । युद्धविरामलाई सरकार र संघर्षरत पक्षहरुले समर्थन गर्ने जनाएका छन् ।

साउदी नेतृत्वको गठबन्धनको समर्थन रहेको वर्तमान यमनी सरकारले आजबाट शुरु भएको युद्धविरामलाई समर्थन गर्ने बताएको छ । सरकार हटाउन संघर्षरत इरानी सहयोग रहेको हुथी विद्रोहीले पनि युद्धविरामको सम्मान गर्ने जनाएको छ ।

युद्धविराम शुरु हुनुअघिको संघर्षमा हिजोमात्र २० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

यमनमा एक वर्ष भन्दा बढी समयदेखिको संघर्षका कारण ६ हजार मानिस मारिइसकेका छन् भने २० लाख मानिस विस्थापित भएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्