अमेरिकी विदेशमन्त्री हिरोशिमामा • Image Khabar Image Khabar


अमेरिकी विदेशमन्त्री हिरोशिमामा


Imagekhabar
२९ चैत्र २०७२, सोमबार ०८:१२

अमेरिकी विदेशमन्त्री हिरोशिमामा

टोकियो, चैत २९ । अमेरिकी विदेशमन्त्री जोन केरीले जापानको हिरोशिमाको ऐतिहासिक भ्रमण गरेका छन् । उनी हिरोशिमा भ्रमण गर्ने पहिलो अमेरिकी विदेशमन्त्री बनेका छन् ।

केरी त्यहाँ आयोजित स्मृति सभामा सहभागि भए । केरीसँगै जी–७ का विदेशमन्त्रीहरुले परमाणु बमको शिकार भएका मानिसको कथा बोकेको हिरोशिमा संग्रहालयको अवलोकन गरेका छन् ।

सन् १९४५ मा हिरोशिमामा अमेरिकाले लिटल ब्वाई नाम दिइएको परमाणु बम खसाल्दा करिब १ लाख ४० हजार मानिसको मृत्यु भएको थियो । विष्फोट लगत्तै ७० हजार मानिस मारिएका थिए भने वर्षको अन्त्यसम्म मृत्यु हुनेको संख्या १ लाख ४० हजार पुगेको थियो ।

विष्फोटको असर भने अहिलेसम्म विभिन्न रुपमा देखिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्