Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


मौद्रिक नीतिप्रति घरेलु तथा साना उद्योग महासंघको मिश्रित धारणा


0
Shares

काठमाडौं, असार २८ । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिप्रति मिश्रित धारणा व्यक्त गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७५/७६ को आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारीमा हुने लक्ष्यप्राप्तीलाई सहजीकरण गर्ने उद्देश्यका साथ रोजगारी प्रवद्र्धन र उद्यमशीलता विकासका लागि वित्तीय साधनको परिचालन र ब्याजदर स्थायित्व कायम गर्नेतर्फ मौद्रिक नीति केन्द्रित रहनु सकारात्मक विषय भएको कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताएका छन् ।

सरकारले आगामी वर्ष पाँच लाखलाई रोजगारी दिने तथा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सहयोग गर्ने प्रमुख माध्यम नै लघु, घरेलु तथा साना उद्योग भएकाले मौद्रिक नीतिमा यो क्षेत्रलाई प्राथमिकताप्राप्त कर्जा क्षेत्रमा स्पस्टरुपमा समावेश नगरेकोप्रति भने महासंघले गुनासो व्यक्त गरेको छ ।