
जुम्ला, चैत २९ । नेपाल एअरलाइन्सको एउटा विमान सोमबार दिउँसो जुम्ला विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ ।
जुम्ला विमानस्थलबाट नेपालगन्जका लागि उड्नलाग्दा विमानको ‘नोज ल्यान्डिङ गेयर’को स्टेयरिङ तार चुँडिएपछि जहाजको उडान रोकिएको थियो ।
चालक विमान उडानका लागि ५ सय ४० मिटर गुडिसकेपछि उक्त समस्या आएको जनाइएको छ ।
जहाजलाई प्रहरी, विमानस्थलका कर्मचारी र यात्रुहरुले धकेलेर ‘साइड’ लगाएका थिए ।
पाइलट जेके निरौलाले उडाउने तयारी गरिरहेको विमानमा १६ जना यात्रु रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्