३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


मोरङमा विस्फोट, १७ वर्षीय किशोर घाइते


0
Shares

विराटनगर, चैत २९ । मोरङको बुधनगर–५ मा रहेको एक माछापोखरीमा सोमबार विस्फोट भएको छ । विस्फोटमा परी एक किशोर घाइते भएका छन् ।

सोमबार मध्याह्न पोखरीमा प्लास्टिकभित्र रहेको वस्तु चलाउँदा एक्कासि विस्फोट भएको र १७ वर्षीय रुपेश मण्डल घाइते भएको मोरङका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

मण्डलको बाँयाहातको बुढीऔंलामा चोट लागेको जनाइएको छ ।

विस्फोटबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।