उत्तर कोरियाका उच्च सैन्य अधिकृत भागेर दक्षिण कोरिया पुगे • Image Khabar Image Khabar


उत्तर कोरियाका उच्च सैन्य अधिकृत भागेर दक्षिण कोरिया पुगे


Imagekhabar
२९ चैत्र २०७२, सोमबार ११:२०

उत्तर कोरियाका उच्च सैन्य अधिकृत भागेर दक्षिण कोरिया पुगे

काठमाडौं, चैत २९ । उत्तर कोरियाका एक उच्च सैन्य अधिकृत भागेर दक्षिण कोरियाका पुगेका छन् ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले भगुवा उत्तर कोरियाली सैन्य अधिकृतको नाम उल्लेख नगरेपनि उनी गुप्तचर अभियान हेर्ने वरिष्ठ कर्णेल भएको जनाएको छ ।

उनीसँग दक्षिण कोरियासँगसम्बन्धी गोप्य जानकारी रहेको विश्वास गरिएको छ ।

सन् १९५३ को कोरियाली युद्धको अन्त्यपछि २८ हजारभन्दा बढी उत्तर कोरिया भागेर दक्षिण कोरिया पुगेपनि उच्चतहका व्यक्तिको संख्या भने निकै कम छ ।

गत हप्तामात्र उत्तरको रेस्टुरेन्टमा काम गर्ने १३ जना उत्तर कोरियाली नागरिक भागेका थिए ।

दक्षिण कोरियाले यस्ता घटनालाई भने उत्तर कोरियाली शासक किम जोन उनको नेतृत्व असफल बन्दै गएको विश्लेषण गरेको छ ।

कडा सीमा सुरक्षाका कारण उत्तर कोरियालीहरु भाग्नु असम्भव जस्तै मानिए पनि चीनसँग सीमा जोडिएको नदी हुँदै उनीहरुरु भागेको पाइएको छ ।

भगुवा नागरिकका आफन्तले उत्तर कोरियामा ठूलो सजाय पाउने गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्