१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


सुनसरीको भोक्राहाका अग्निपीडितलाई जनही ५ हजार राहत वितरण


0
Shares

सुनसरी, चैत २९ । सुनसरीको भोक्राहा गाविस–९ स्थित मुस्लिमटोलका अग्निपीडितहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार जनही ५ हजार रुपैयाँकादरले राहत रकम वितरण गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइँ र प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले पीडितहरुलाई घरमै गएर राहत कम वितरण गरेका हुन् ।

शनिवार स्थानीय सफारुद्दिन मन्सुरीको घरबाट लागेको आगो बस्तीमा सल्किएपछि सो टोलका २१ परिवारका ४५ घर–गोठ जलेर नस्ट भएका थिए ।