६ महिनामा एक लाख २५ हजार ट्वीटर अकाउन्ट बन्द • Image Khabar Image Khabar


६ महिनामा एक लाख २५ हजार ट्वीटर अकाउन्ट बन्द


Imagekhabar
३० चैत्र २०७२, मंगलवार ००:१७

६ महिनामा एक लाख २५ हजार ट्वीटर अकाउन्ट बन्द

वासिंटन, चैत ३० । सामाजिक संजाल ट्वीटरले विगत ६ महिनामा एक लाख २५ हजार अकाउन्ट बन्द गरिदिएको छ ।

आतंकवादका विषयमा अमेरिकी सरकारलाई सल्लाह दिदैं आएको कम्पनी ‘लिसा मोनाको’ का अनुसार विगत ६ महिनामा ट्वीटरले उक्त परिमाणमा अकाउन्ट बन्द गरेको हो । यसरी बन्द गरिएका ट्वीटर अकाउन्ट अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) समर्थकको रहेको बताइएको छ ।

यद्यपि एक सर्वेका अनुसार यति ठूलो संख्यामा आफ्ना समर्थकको ट्वीटर अकाउन्ट बन्द हुँदा आइएसको प्रचार प्रसारमा ठूलो धक्का लागेको छ । ट्वीटरमा अझै आइएसका ९० हजार समर्थक सक्रिय रहेको अनुमान गरिएको छ ।

हाल ट्वीटरमा साढे ३० करोडभन्दा बढी अकाउन्ट छन् । ट्वीटरका सक्रिय प्रयोगकर्ताको यो संख्याको सानो हिस्सामात्र आइएसले ओगटेको छ । यद्यपि उनीहरु ट्वीटरमार्फत विश्वभर आफूतर्फ ध्यानाकर्षण गराउन सफल भइरहेका छन् ।

जर्ज वासिंटन विश्वविद्यालयका शोधकर्ता जे एम बर्गरले उग्रवादीहरु कसरी नयाँ सदस्य बनाउन यो नेटवर्कको प्रयोग गरिरहेका छन् भन्नेबारे अनुसन्धान गरेका छन् । उनका अनुसार आइएसका अहम् सदस्यहरु मुस्लिम रुझान भएका नेटवर्कमा निगरानी गरिरहेका हुन्छन् जहाँ समूहमा सामेल गराउने या समर्थक गराउने सम्भावना हुन्छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्