मलेसियामा २९ फिट लामो अजिंगर फेला • Image Khabar Image Khabar


मलेसियामा २९ फिट लामो अजिंगर फेला


Imagekhabar
३० चैत्र २०७२, मंगलवार ०१:०८

मलेसियामा २९ फिट लामो अजिंगर फेला

मलेसिया, चैत ३० । मलेसियामा २६ फिट लम्बाईको अजिंगर फेला परेको छ । उक्त अजिंगर अहिलेसम्म समातिएको मध्ये सबैभन्दा लामो मानिएको छ ।

पेनाङ्ग द्वीपमा एउटा ढलेको रुखमुनी उक्त अजिंगर मृतअवस्थामा फेला परेको हो ।

गिनिज वर्ल्ड रेकर्डअनुसार अहिलेसम्म समातिएको अजिंगरमध्ये सबैभन्दा लामो अजिंगरको लम्बाई २५ फिट थियो । तर मलेसियामा फेला परेको अजिंगरको लम्बाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उल्लेखितभन्दा एक फिट बढी रहेको अधिकारीहरुको भनाई छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्