अफगानिस्तानमा आत्मघाती हमला, १२ सैनिक मारिए • Image Khabar Image Khabar


अफगानिस्तानमा आत्मघाती हमला, १२ सैनिक मारिए


Imagekhabar
३० चैत्र २०७२, मंगलवार ०३:२०

अफगानिस्तानमा आत्मघाती हमला, १२ सैनिक मारिए

काबुल, चैत ३० । अफगानिस्तानको सोरख्रोत जिल्लामा सैनिक लिएर जाँदै गरेको एक बसमा आत्मघाती हमला हुँदा कम्तिमा १२ जना सैनिकको मृत्यु भएको छ ।

हमलामा अन्य ४० जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ । राजधानी काबुल जाँदै गरेको सेना चढेको बसलाई पछ्याएको मोटरसाइकलमा रिमोट कन्ट्रोलले विस्फोट गराएपछि बस ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् ।

तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले हमलाको जिम्मेवारी लिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि पनि नंगरहार प्रान्तको राजधानी जलालावादमा पनि तालिवानी लडाकुले यस्तै हमला गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्