१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


आगलागीमा एक सयभन्दा बढी घर जले


0
Shares

दाङ, चैत ३० । दाङको गंगापरस्पुर गाविसमा भएको आगलागीमा एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन् ।

गंगापुरस्पुर गाविस–८ को जंगलमा लागेको आगो बस्तीमा फैलँदा बाकी र खजरौटाका एक सय घर जलेर नष्ट भएका हुन् ।

हिजो बेलेकीदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि नेपाली सेनाको तारादल गण, सशस्त्र प्रहरी बल, इलाका प्रहरी कार्यालय लमही र स्थानीयबासीले प्रयास गरिरहेका छन् । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने अझै आउन नसकेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।