५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


सरकार परिवर्तनबारे सोच्न पनि सकिदैंन : गच्छदार


0
Shares

विराटनगर, चैत ३० । उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदारले अहिलको सरकार परिवर्तनबारे सोच्न पनि नसकिने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले कसैले चाहना राख्दैमा अहिलेको सरकार परिवर्तन नहुने बताए । छिटो छिटो सरकार परिवर्तन हुँदा देश विकास हुन नसकेको भन्दै उनले अब सबैले सम्पूर्ण ध्यान विकास निर्माणमा केन्द्रीत गर्नुपर्ने बताए ।

उपप्रधानमन्त्री गच्छदारले संविधान कार्यान्वयका लागि सबै दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । मधेशी मोर्चाका माग सम्बोधन गर्न सरकारले प्रयास गरिरहेको उनको भनाई थियो ।