
काठमाडौं, चैत ३० । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान कार्यान्वयन नभएसम्म जनताको अपेक्षा पुरा नहुने बताएका छन् ।
आज राजधानीमा एण्टेना फाउण्डेसन नेपाललले बाल विवाहविरुद्ध तयार पारेको कार्यक्रमको सफलताको कामना गर्दै पूर्व राष्ट्रपति यादवले आन्दोलनरत पक्षहरुको मागसमेत सम्बोधन गरी अहिलेको संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताए ।
पूर्व राष्ट्रपति यादवले बाल विवाह रोक्न संचार माध्यमहरुले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्