
प्रदीप पौडेल
पोखरा, चैत ३० । पोखराको बिरौटामा गुरुङ समुदायले तमु तमुस्या नामको शालिक रातारात स्थापना गरेपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।
शालिक स्थापनाको विरोधमा स्थानीयबासीले मंगलबार बिरौटा बजार बन्द गरे । स्थानीयको चर्को विरोधपछि बिरौटा, मुस्ताङचोक, एअरपोर्टलगायतको क्षेत्रमा दिनभरजसो ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन पुगेको थियो ।
सो स्थानमा स्वर्गीय राजा वीरेन्द्रको शालिक रहेकोमा २०६७ सालमा तत्कालीन माओवादीले शालिक तोडफोड गरेका थिए ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल शालिक अनावरणका लागि पोखरा आउने भन्दै रातारात शालिक ठड्याइएको थियो । दाहाल भने मौसम खराब भएको भन्दै पोखरा आएनन् ।
शालिक स्थापनालाई लिएर स्थानीय बासिन्दाले विरोध गरेपछि गुरुङ समुदायको ट्हेटे पर्व खल्लो बनेको छ ।
विरोधकाबीच ट्हेटे पर्वको अवसरमा र्याली प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्