काठमाडौं, जेठ ५ । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, पशुपक्षी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिवाना तिर्नुपर्ने छ ।
‘अब हाम्रो वडाभित्र पशुपक्षी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिवाना हुनेछ,’ चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट










प्रतिक्रिया दिनुहोस्