Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


अनुत्पादक क्षेत्रमा धमाधम रकम खर्च


0
Shares

काठमाडौं, जेठ ५ । प्रदेश ३ सरकारले ल्याएको तीन महिने बजेटको कार्यान्वयनमाथि महालेखा कार्यालयले कमजोरी देखाएको छ ।

महालेखा कार्यालयले भर्खरै सार्वजनिक गरेको प्रदेश ३ को लेखा परीक्षण प्रतिवेदनमा प्रदेश ३ सरकार अनुत्पादक क्षेत्रमा बजेट खर्च गर्न उद्धत रहेको औंल्याएको छ ।

सवारी खरिद, कार्यालयका लागि आवश्यक सामग्री खरिदमा मात्र बजेट खर्च भएको देखिएको छ । विशेष गरी प्रदेश सरकारले करिब सात करोड रुपैयाँ बराबरको बजेट सवारी खरिदमा तथा अन्य बजेट कार्यालयका लागि आवश्यक कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन तथा अन्य मेसिनमा खर्च गरेको देखिन्छ । –कान्तिपुर दैनिकबाट