
नेपालगन्ज, वैशाख १ । नेपालगन्जमा बुधबार झन्डा महोत्सव आयोजना गरिएको छ ।
‘सामाजिक सद्भाव, शान्ति र एकताका लागि’ आह्वान गर्दै नेपालगन्ज रंगशालामा नेपालको राष्ट्रिय झन्डा फहर्याइएको हो । महोत्सवमा सहभागीहरुले झन्डाको महत्वबारे चर्चा गरेका थिए ।
राष्ट्रियगानका रचयिता ब्याकुल माइलाको उपस्थितिमा गरिएको महोत्सवमा राष्ट्रिय झन्डा बोकेका सहभागीहरुले झाँकीकासाथै र खेल–कला प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्