५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


बेपत्ता छानबिन आयोगले आजदेखि उजुरी लिने


0
Shares

काठमाडौं, वैशाख २ । बेपत्ता छानबिन आयोगले आजदेखि पीडितहरुबाट सार्वजनिक रुपमा उजुरी लिने भएको छ । आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले देशभरका शान्ति समितिमार्फत् पीडितले दिएको उजुरी संकलन गरिने बताए ।

त्यसैगरी मेलमिलाप आयोगले पनि केही दिनमै उजुरी संकलन गर्ने तयारी गरेको छ । दुबैको उजुरी लिने काम भने जिल्ला–जिल्लाका शान्ति सचिवालयले नै गर्ने छ ।

आवश्यक संख्यामा कर्मचारी नभएकाले दुवै समितिले देशभर गठन भएका स्थानीय शान्ति समितिको सचिवालयमार्फत् उजुरी संकलन गर्न लागेका हुन् ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगले मारिएका, घाइते पारिएका, अपहरण गरिएका र अरु यस्तैखालका मानवअधिकारका गम्भीर उल्लंघनका घटनाहरु हेर्ने छ भने बेपत्ता आयोगले बेपत्ता भएका व्यक्तिहरुको सूची बनाउने, उजुरी लिने, अनुसन्धान गर्ने र घटनाको सत्यतथ्य पत्ता लगाई स्थिति सार्वजनिक गर्ने छ ।