३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


बोको हरामद्वारा अपहृत छात्राको भिडियो सार्वजनिक


0
Shares

नाइजेरिया, वैशाख २ । नाइजेरियामा दुई वर्षअघि विद्रोही समूह ‘बोको हराम’ ले अपहरण गरिएका छात्राको भिडियो सार्वजनिक गरिएको छ । अपहृत छात्रा सकुशल रहेको प्रमाणस्वरुप बोको हरामले भिडियो सार्वजनिक गरेको हो ।

भिडियोमा १५ छात्रालाई देखाइएको छ । सन् २०१४ अप्रिलमा सो समूहले एक विद्यालयबाट २७६ छात्रालाई अपहरण गरेको थियो ।

बोको हरामले मध्यस्थकर्तालाई ती बालिकाको भिडियो पठाएको हो । उक्त भिडियो गत डिसेम्बरमा छायांकन गरिएको बताइन्छ ।

बुर्का लगाएका बालिकालाई एउटा भित्ता अगाडी उभ्याएर भिडियो बनाइएको छ । उनीहरुको मुहारमा कुनै प्रकारको यातनाको प्रतिबिम्ब भने नदेखिएको अधिकारीहरुको भनाई छ । (एजेन्सी)