३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


तराईमा जुडशीतल पर्व मनाइयो


0
Shares

जनकपुर, वैशाख २ । मिथिलाञ्चल क्षेत्रमा विहीबार (आज) हर्षोल्लासकासाथ जुडशीतल पर्व मनाइएको छ ।

नयाँवर्षको आगमनसँगै प्रत्येक वर्ष वैशाख २ गते एक–आपसमा हिलो दलेर जुडशीतल पर्व मनाइन्छ ।

जुडशीतल पर्वमा घरका मुख्य व्यक्तिले आफ्ना परिवारका सदस्यलाई चिसो पानी टाउँकोमा राखेर आर्शिवाद दिने चलन छ ।

यो पर्वका दिन पर्यावरणको संरक्षण गर्ने उद्देश्यले किसानहरुले आफ्नो खेतबारीमा रहेको रुख–बिरुवाको जरामा पानी हाल्ने र नयाँ रुख–बिरुवा रोप्ने परम्परा रहिआएको छ ।

आजका दिन घर–घरमा सोइजनको तरकारी र आलुलगायतको परिकार बनाइ खाने गरिन्छ ।

प्रचन्ड गर्मीमा शीतल पानी टाउकोमा राख्दा वर्षभरि रोग नलाग्ने र मानिस शान्त रहने विश्वास गरिन्छ ।

उता, जुडशीतल पर्वकै अवसरमा महोत्तरीमा घरेलु हतियारले जनावरको शिकार खेल्ने परम्परासमेत रहिआएको छ भने तराईमा आजकै दिन पोखरी र इनार सफा गरिन्छ ।

धनुषा, महोत्तरी, सिरहा, सप्तरीसहित तराई–मधेसका अधिकांश जिल्लामा यो पर्व मनाइन्छ ।