Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पास गर्न दिदैनौं : देउवा


0
Shares

                                  तस्वीर : रासस

विराटनगर, जेठ ४ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनु पर्ने कांग्रेसको अडान रहेको भन्दै सरकारले जबर्जस्ती गर्न खोजे पारित हुन नदिने चेतावनी दिए ।

सभापति देउवाले संविधानले नै प्रेस स्वतन्त्रता सुरक्षित गरेको अवस्थामा सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप लगाए । उनले विपक्षीको मागलाई बेवास्ता गरि सरकारले बजेट ल्याउने प्रयास गरे त्यसको प्रतिवाद गर्ने बताए ।

उनले समय आएपछि पार्टीको महाधिवेशन हुने स्पष्ट पारे ।