१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


८ दिनसम्म अक्सिजन विना भू–समाधिमा बसेका सिद्धबाबा बाहिर निस्किए


0
Shares

पोखरा, वैशाख ३ । विना अक्सिजन भू–समाधिमा बसेका सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराजको आज समाधी पुरा भएको छ ।

८ दिनसम्म समाधीमा लिन भएका बाबा आज बिहान ९ बजेर ३५ मिनेटमा समाधीबाट बाहिर आएका हुन् ।

समाधीबाट बाहिर आउँदा अचेत अवस्थामा रहेका बाबाको अहिले भने स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । भू–समाधिमा बस्नुअघि पत्रकारसँग कुरा गर्दै गुरु सिद्धबाबाले राष्ट्र र मानव कल्याणका लागि आफू समाधिमा बस्न लागेको बताएका थिए ।

समाधिका लागि ५ फिट लम्बाई र ३ फिट चौडाईको काठको बाकस तयार पारिएको थियो, जसमा अक्सिजन नछिरोस् भन्नका लागि बाहिरबाट प्लाष्टिक, सेतो कपडा, कम्मलले बेरिएको थियो भने बाकसमा ४ वटा साँचो लगाइएको थियो ।

त्यो बाकसबाट माटो हटाएर ताल्चा काट्न झण्डै ४० मिनेट लागेको थियो । उनी पहिलो पटक २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भू–समाधि बसेका थिए ।