३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


भू–समाधिमा बसेका ‘बाबा’ ९ दिनपछि यसरी अचेत अवस्थामा आए बाहिर (भिडियो)


0
Shares

प्रदीप पौडेल/इमेज
पोखरा, वैशाख ३ । बिना अक्सिजन भू–समाधिमा बसेका सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराजको शुक्रबार समाधि पूरा भएको छ ।

९ दिनसम्म समाधिमा लिन बसेका बाबा शुक्रबार बिहान १० बजेर १५ मिनेटमा समाधिबाट बाहिर आएका हुन् ।

समाधिबाट बाहिर आउँदा अचेत अवस्थामा रहेका बाबाको अहिले भने स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

भू–समाधिमा बस्नुअघि पत्रकारसँग कुरा गर्दै गुरु सिद्धबाबाले राष्ट्र र मानवकल्याणका लागि आफू समाधिमा बस्न लागेको बताएका थिए ।

समाधिका लागि ५ फिट लम्बाइ र ३ फिट चौडाइको काठको बाकस तयार पारिएको थियो ।

जसमा अक्सिजन नछिरोस् भन्नका लागि बाहिरबाट प्लास्टिक, सेतो कपडा, कम्मलले बेरिएको थियो भने बाकसमा ४ ओटा साँचो लगाइएको थियो ।

त्यो बाकसबाट माटो हटाएर साँचो काट्दा झन्डै ४० मिनेट लागेको थियो ।

उनी पहिलोपटक २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भू–समाधि बसेका थिए ।

भिडियो हेर्नुहोस्ः