९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


इण्डियन प्रिमियर लिगमा गुजरात लायन्सको तेस्रो जित


0
Shares

काठमाडौं, बैशाख ५ । नयाँ टोली गुजरात लायन्सले ईण्डीयन प्रिमियर लिग क्रिकेट आईपिएलमा लगातार तेस्रो जित हात पारेको छ ।

शनिबार राती भएको खेलमा मुम्बई इन्डियन्सलाई ३ विकेटले हराँउदै गुजरातले शत प्रतिशत विजयी यात्रालाई निरन्तरता दिएको हो ।

खेलमा पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । जवाफमा १ सय ४४ रनको लक्ष्य गुजरात लायन्सले २० ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो ।

गुजरातका लागि आरोन फिन्चले अविजित ६७ रन जोड्दा कप्तान सुरेश रैनाले २७ रनको योगदान दिए । यो जितसँगै गुजरात लायन्सले तीन खेलबाट ६ अंक बटुल्दै आईपिएलको अंक तालिकामा शिर्ष स्थानमा पडकलाई बलीयो पारेको छ ।

आईपिएल अन्तर्गत हिजो भएको पहिलो खेलमा कोलकाता नाईट राईडर्सले सनराईजर्स हैदरावादलाई ८ विकेटले हराएको छ ।

हैदरावादमा भएको खेलमा पहिले व्याटिङ गरेको घरेलु टोलीले ७ विकेट गुमाएर १ सय ४२ रन जोड्यो । घरेलु टोलीका ईओन मोर्गानले ५१ रन जोडे ।

जवाफमा १ सय ४३ रनको लक्ष्य कोलकाताले खेलमा १० बल बाँकी छँदा २ विकेट गुमाएर पुरा गर्‍यो। कोलकाताको जितमा गौतम गम्भिरको अविजित ९० रन तथा रविन सिंह उथप्पाको ३८ रन महत्वपुर्ण रह्यो ।

आईपिएल क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । आज किङ्स ईलेभेन पञ्जाव र राईजीङ पुने सुपरजाईन्ट्स भिड्दा रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली डेयरडेभिल्स भिड्नेछन् ।