९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


नगरपालिकामा कार्यकारी अधिकृत नहुँदा काम ठप्प


0
Shares

कञ्चनपुर, बैशाख ६ । कञ्चनपुरको पहिलो भीमदत्त नगरपालिकामा कार्यकारी अधिकृत नहुँदा महत्वपूर्ण कामकाज ठप्प भएको छ । समान्य बाहेक महत्वपूर्ण कामकाज प्रभावित भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

माघ १८ गते नगरपालिको कार्यकारी अधिकृतको जिम्मेवारी लिएर आएका कृष्ण पन्थी कार्यालय हाजिर भएको २ महिना नपुग्दै फागुन २७ गते सहरी विकास मन्त्रालयमा सरुवा भएर गएपछि करिव एक महिना बढि  समय वितिसक्दा समेत कार्यलय प्रमुख नआउँदा नगरपालिकाको दैनिक कामकार्वाहीमा समस्या परेको हो ।

कार्यालय प्रमुख नहुँदा नक्सा पास, आर्थिक सम्बन्धी महत्वपूर्ण काम नभएको र विकास निर्माणका कामकाज पनि पूर्ण रुपमा ठप्प भएको भिमदत्तनगरपालिकाका निमित्त प्रमुख हरिसिंह धामीले बताएका छन् ।