१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


आइएसले गर्‍यो रकेट आक्रमण, चार जनाको मृत्यु


0
Shares

काठमाडौं, बैशाख ७ । सिरियामा इस्लामिक अतिवादी संगठन आइएसले गरेको रकेट आक्रमणमा तीन बालबालिका सहित चार जनाको ज्यान गएको छ ।

उत्तरी सिरियाको टर्कीसँग जोडिएको सीमामा आईएसले  पाँच वटा रकेट आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ती मध्ये चारवटा रकेटले आवास क्षेत्रलाई र एउटाले सिरियाली शरणार्थीको क्याम्पलाई लक्षित गरेको बताइएको छ । घटनामा पाँच जना घाइते भएका छन् । (एजेन्सी)