१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


भूकम्पले भत्किएका घर बनेनन्, चर्च तयार


0
Shares

चौतारा, वैशाख ८ । भूकम्पले घर भत्किएको एक वर्ष बित्न लाग्दा सर्वसाधारणले अझै स्थायी आवास बनाउन नसके पनि त्यस क्रममा भत्किएका अधिकांश चर्चहरु बनिसकेका छन् ।

त्रिपाल र जस्ताको टहरामा बस्ने क्रिश्चियन धर्मावलम्बी भूकम्प पीडित नवनिर्मित सुविधासम्पन्न भवनमा रहेको चर्चमा आफ्नो धार्मिक क्रियाकलाप संचालन गर्छन् ।

पूर्ण रुपमा ध्वस्त चर्चको पुनर्निर्माण गरिएको छ भने सामान्य क्षति पुगेका चर्च मर्मत गरेर साप्ताहिक प्रार्थना र अन्य नियमित कार्यक्रम संचालन भइरहेका हुन् ।

भूकम्पका कारण लामोसाँगुको चर्चको पक्की भवन भत्किएपछि करिब २० लाख रुपैयाँ खर्च गरेर नयाँ भवन निर्माण गरिएको छ । वैशाख १२ को भूकम्पले चर्च रहेको भवन भत्किदा लामोसाँगुमा प्रार्थना गरिरहेका १६ जनाको मृत्यु भएको थियो ।

स्रोतका अनुसार क्रिश्चियन धर्म प्रचारप्रसार र प्रवर्द्धन गर्ने संस्थाहरुले चर्च निर्माणका लागि अनुदान दिने गरेका हुन् ।
–अन्नपूर्ण पोस्ट दैनिकबाट