१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


नेपाल वायुसेवा निगमको चिनियाँ दुई जहाज ‘सेतो हात्ती’


0
Shares

काठमाडौं, वैशाख ८ । नेपाल वायु सेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीन गुणा बढी खर्च हुने गरेको खुलेको छ ।

निगमसँग रहेको ५६ सीट क्षमतायुक्त ‘मोडर्न आर्क’ (एमए–६०) ले एक वर्ष र १८ सीटे ‘वाइ १२–ई’ जहाजले नौ महिनामा आम्दानीको तीन गुणाभन्दा बढी सञ्चालन खर्च गराएको तथ्य प्राप्त भएको छ ।

२०७१ पुसबाट २०७२ पुससम्म एक वर्ष उडान गर्दा एमए–६० ले १४ करोड १० लाख ३० हजार ८११ रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै वाई–१२ ईले २०७१ माघबाट २०७२ कार्तिकसम्म नौ महिना उडान गर्दा १ करोड २२ लाख ८८ हजार एक सय रुपैयाँ आम्दानी गरेको थियो ।

सो अवधिमा एमए–६० उडाउन ४० करोड ५० लाख ९७ हजार २९३ रुपैयाँ र वाई–१२ ई उडाउन ६ करोड ७५ लाख ६३ हजार ९४७ रुपैयाँ खर्च भएको छ ।
–नागरिक दैनिकबाट