२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


कोलकाता ‘आईपीएल’को शीर्ष स्थानमा


0
Shares

काठमाडौं, वैशाख ८ । पञ्जावलाई हराउँदै कोलकाता ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । पञ्जावमा गएराति भएको खेलमा घरेलु टोलीलाई कोलकाता नाईट राईडर्सले ६ विकेटले हरायो ।

खेलमा पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन मात्रै बनायो । उसका लागि सन मार्शले अविजित ५६ रन बनाए भने मुरली विजयले २६ रनको योगदान दिए ।

बलिङतर्फ कोलकाताका मोर्ने मोर्कल र सुनिल नारेनले २÷२ विकेट लिए । जवाफमा १३९ रनको मध्यम चुनौती कोलकाताले १८ औं ओभरको पहिलो बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । कोलकाताको जितमा सुरुवाती व्याट्सम्यानहरु रविन उथप्पाको ५३ रन तथा गौतम गम्भिरको ३४ रन महत्वपूर्ण रह्यो ।

जितसँगै कोलकाता ४ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थनमा उक्लिएको छ । एक खेल कम खेलेको गुजरात लायन्स समान ६ अंकका साथ नेट रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ ।

आईपिएल क्रिकेटमा आज राति मुम्बई ईन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् ।