९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


ओबामाको भ्रमण अवधिभर लण्डनको अधिकांश आकाश ड्रोनमुक्त हुने


0
Shares

लन्डन, वैशाख ८ । अमेरिकी राष्ट्रपति बाराक ओबामाको बेलायत भ्रमणका क्रममा करिब एक सातासम्म लन्डनको अधिकांश आकाश क्षेत्रमा ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ । बेलायतका नागरिक उड्डयन अधिकारीहरुले यस्तो जानकारी दिएका हुन् ।

गत आइतबार एक विमान अवतरणका क्रममा ड्रोनसँग ठोक्किएपछि अधिकारीहरुले अमेरिकी राष्ट्रपतिको भ्रमण अवधिभर लन्डनको आकाश क्षेत्रलाई ड्रोनमुक्त तुल्याउन थालेका हुन् ।

बेलायतको नेशनल एअर ट्राफ्रिक सर्भिसका एक अधिकारीका अनुसार अमेरिकी राष्ट्रपतिको सुरक्षालाई मध्यनजर गर्दै यस्तो प्रतिबन्ध लगाइएको हो ।

ओबामा बिहीबार बेलायतको भ्रमणमा आउँदैछन् । उनी आगामी आइतबार फर्कने कार्यक्रम छ । त्यस अवधिसम्म लन्डनको अधिकांश आकाशमा ड्रोन उडाउन प्रतिबन्ध लगाइएको हो । (एजेन्सी)